विश्व समाचार

विश्वभर ६९ हजारभन्दा बढीको मृत्यु, बेलायतका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

कोरोना संक्रमण भपछि १० दिनसम्म घरमा नै क्वारेन्टाइनमा रहदै आउनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना हुनु भएको छ । कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा पुर्याइएको हो ।

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उहाँका चिकित्सकले बताउनु भएको छ । तर हाल उहाँको अवस्था सामान्य रहेको सोमबार बताइएको छ ।

यसबीच प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार संसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले सोमबार सार्वजनिक गरेकोे छ ।

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.