राजनीति

नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा राख्नुभएको छ

उपसभापति गुरुङ

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ ट्रेड युनियनको ११औँ केन्द्रीय परिषद्को भेला उद्घाटन गर्दै शनिबार उहाँले पार्टीका सबै कार्यकर्ता लोकतन्त्र र सङ्घीयताको प्रवर्द्धन गर्न लाग्नुपर्ने जोड दिँदै जनताको पक्षमा काम गर्न निर्देशन दिनुभयो ।

उहाँले मुलुकमा सत्ता समीकरण परिवर्तन हुनु सामान्य भएको भन्दै यस विषयमा धेरै चिन्ता लिनु आवश्यक नभएको चर्चा गर्नुभयो ।

त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन भइरहेको बताउनुभयो । उहाँले वर्तमान प्रदेश सरकारले जनभावनाअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको प्रतिफल जनताको घर-घरमा पुर्याउने अठोट व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भौतिक विकासको दीर्घकालीन स्थायित्वका लागि मानवीय विकासका लागि प्रदेशका जहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाका अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारले १० वर्ष मुनिका लागि बालिबालिकाको निःशुल्क उपचार व्यवस्था गरेको बताउनुभयो ।

ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई र प्रदेश सरकारका पूर्वमन्त्री गयानन्द मण्डलले सङ्घीय लोकतन्त्रमा जनताले आफ्नो घर अगाडि सरकारको अनुभूति प्राप्त गरेको हुनाले यसलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.