जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, राजापुर नगरपालिका-१० करमोहनी बस्ने २१ वर्षीय सुमन प्रसाद कुँवरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती किशोरीलाई गत माघ १ गते ललाइ फकाइ विवाह गर्छु भनि प्रलोभनमा पारी जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.