जन सरोकार
उषा खड्गीको जाहेरीमा जीपी तिमल्सिना पक्राउ
सञ्चारकर्मी जीपी तिमल्सिनालाई पक्राउ परेका छन् । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका हुन् ।
खड्गीले अभद्र व्यवहार, धाकधम्की तथा कुटपिटको प्रयास गरेको आरोप सहित सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । तर छलफलमा कुरा नमिलेपछि कानुनी कारबाहीका लागी तिमल्सिनालाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । विस २०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो ।




प्रतिक्रिया राख्नुहोस्