नेपाली युवा वैज्ञानिक डा. खड्कालाई जापानमा उत्कृष्ट पुरस्कार
नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य ऊर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत हुनुभएको छ । डा. खड्कालाई जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्था नेशनल इन्स्टिच्युट फर मटेरियलस साइन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर एड्भान्सेस इन साइन्स एण्ड टेक्नोलोजी फर योङ्ग साइनटिस्ट प्रदान गरेको हो ।
डा. खड्काको एक नविनतम तथा बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइट प्रयोग गरी सौर्य उर्जाबाट विद्युत ऊर्जा निकाल्दा आउने चुनौतिकाबारेमा गरेको गहन अनुसन्धानलाई उत्कृष्ट ठहर गरिएको हो ।
जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको यस अनुसन्धान संंस्थाले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वार्षिक उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई सो पुरस्कार प्रदान गर्दछ ।
त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर उहाँ इन्चन नेसनल विश्वविद्यालय दक्षिण कोरियाबाट सन् २०१६ मा विद्यावारिधी पूरा गरी हाल जापानको साइन्स सिटीको नामले चिनिने चुकुबा सिटीस्थित उक्त प्रतिष्ठित राष्ट्रिय अनुसन्धान संस्थाको स्वच्छ ऊर्जा केन्द्रमा स्टाफ साइन्टिष्ट रहनुभएका डा. खड्का सन् २०१६ बाट उक्त संस्थामा कार्यरत हुनुहुन्छ ।
डा. खड्काले आफ्नो अनुसन्धानबाट पेट्रोलियम उर्जाको भण्डार रित्तिदै गइरहेकाले निकट भविष्यमा आउने उर्जा संकट समाधान तथा अहिले भैरहेको अत्यधिक कार्बन उत्सर्जनको कारणले निम्तिएको वातावरणीय प्रभाव न्यूनीकरण गर्न स्वच्छ वैकल्पिक उmर्जाको प्रचुर सम्भावना भएको सौर्य उर्जालाई सस्तो तथा भरपर्दो विकल्प बनाउनका लागि विकसित देशमा अनुसन्धानकर्ताहरु लागिपरेको र अबका केही वर्षमा सौर्य उmर्जा सबैभन्दा सस्तो वैकल्पिक उmर्जा हुने दाबी गर्नुभएको छ ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका स्थायी घर भएका डा. खड्काले सौर्य ऊर्जासग सम्बन्धित विभिन्न पदार्थहरुको बारेमा दर्जनौ अनुसन्धान लेखहरु प्रकाशित छन् ।