बादललाई लक्षित गर्दै योगेशले लेखे कविता – ‘बादल मडारियो, हामी हेरेको हेर्यै’
नेकपा एमालेका कार्यवाहाक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिलाई लिएर उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेख्नुभएको छ ।
बिहीबार बिहान सामाजिक सञ्जालमा उहाँले बादलको अभिव्यक्तिप्रति सङ्केत गर्दै ‘बादल मडारिएको र जबज निथ्रुक्कै भिजेको’टिप्पणी गर्नुभएको छ ।
थापाले संसद्मा ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति दिएका थिए । त्यस्तै बुधबार कार्यवाहक अध्यक्ष थापाले पोखरामा आफूले संसद्मा दिएको अभिव्यक्ति पार्टी नीति र निर्णय अनुसार नै भएको दोहोर्याउनुभएको थियो ।
त्यस अघि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएर बादलको अभिव्यक्ति सच्चाएको जानकरी दिएको थियो ।
भट्टराईको कविता –
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुकै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
(स्वाट्ट बिउंझिएको त कोठामा घाम छिरिसकेको रहेछ)





प्रतिक्रिया राख्नुहोस्