राजनीति

प्रधानमन्त्री ओली र मोदी संवाद : कोरोनाबिरुद्धको सहकार्य अरु सशक्त बनाउने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि उहाँहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.