अर्थ

मुलुकको वर्तमान आर्थिक अवस्थाबारे एमालेको धारणा आउँदै

मुलुकको वर्तमान आर्थिक अवस्था र सरकारका पछिल्ला गतिविधिबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन पूर्व अर्थमन्त्रीहरूलाई सहभागी गराएर पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ।

आज गरिने पत्रकार सम्मेलनमा एमालेका नेतासमेत रहनुभएका पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएको छ ।

आइतबार मध्यान्ह १२ः३० बजे होटल हिमालय कुपन्डोलमा आयोजना गरिने पत्रकार सम्मेलनमा मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गरिने छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताउनुभएको थियो । त्यस्तै उहाँले मुलुकको अर्थतन्त्र जोगाउन गभर्नर महाप्रसाद अधिकारीले प्रयास गरिरहेको अवस्थामा सरकारले निलम्बन गरेको आरोप लगाइएको छ ।

अवैध रकमको विवादकाबीच गभर्नर अधिकारीको रहस्यमय निलम्बन

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button