जापान

संकटकालको पहिलो शनिबार : टोकियोका अधिकांश बजार सुनसान

कोरोना भाइरस संक्रमण बढ्न नदिन गत बुधबारदेखि घोषणा गरिएको संकटकालपछि शनिबार जापानका अधिकांश बजार सुनसान रह्यो । संकटकाल घोषणा गरिए पनि व्यवसायहरु बन्द गर्न र आवाजतवत निषेध नगरिए पनि सरकारले सतर्कतापूर्वक व्यवसाय गर्न र सकेसम्म हिडडुल नगर्न आव्हान गरेको थियो ।

शुक्रबार मात्र जापान सरकार तथा टोकियो महानगरपालिकाले निश्चित क्षेत्रलाई बन्द गर्न र सीमित समयसम्म मात्र संचालन गर्न आवहान गरेको थियो । संकटकाल घोषणाको पहिलो शनिबार समग्र जापानकोा बजार सुनसान रहेको हो ।

राजधानी टोकियो लगभग सुनसान रह्यो । हाराजुकु क्षेत्रको ताकेशिता गल्लीमा मानिसहरु घरबाहिर निस्केका थिएनन् । यो क्षेत्रमा युवाहरुको बढी चहलपहल हुने गरेको थियो । त्यस्तै पसहरु पनि केही समय बन्द रहने सुचना टासिएर बन्द गरिएका थिए । खाद्यान्न तथा औषधि पसलहरु भने केही समयका लागि खुलेका थिए ।

यसै गरी शुक्रबारदेखि मध्य जापानको आइची पन्तमा संकटकाल लागू गरिएको छ । कोरोना भाइरस संक्रमण तब्रि रुपमा बढ्दै गएपछि गभर्नर ओमुरा हिदेआकीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव उपाय गर्ने भन्दै संकटकालको घोषणा गर्नुभएको हो ।

संकटकाल लागू गरिए पनि नागरिकलाई अनावश्यक घरबार नजान, भिडभाडमा नजान र एक आपसमा नजिक रहेर कुराकानी नगर्न आग्रह गर्दै व्यवसाय तथा अन्य काम भने स्थगित गर्न आदेश दिइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.