कला/मनोरन्जनकलिउड

नेपाली चलचित्र उद्योग पनि पाकिस्तानको जस्तै हुने चिन्ता

मुलक आर्थिक समस्याबाट गुज्रिरहेको छ । दुई वर्षदेखिको कोरोना कहरपछि अन्य क्षेत्र विस्तारै उठ्न थाले पनि नेपाली चलचित्र क्षेत्र भने अझै उठ्न सकेको छैन । यसबीचमा नेपालमा दक्षिण भारतीय चलचित्रहरुको बाढी नै लागेको छ ।

नेपाली चलचित्रहरुले दर्शक नपाउने तर भारतीय चलचित्रले दशौं करोडको व्यापार गर्न थालेपछि निर्माताहरुमा थप चिन्ता जागेको छ । यस्तोमा नेपाली चलचित्रका ठूल्दाई अभिनेता शिव श्रेष्ठले नेपाली चलचित्र उद्योग बचाउन सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ ।

एक्सन किङ अभिनेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत अहिलेको समयमा निर्माताहरु चुप लागेर बसे नेपाली चलचित्र उद्योग पनि पाकिस्तानको हालतमा पुग्नसक्ने चेतावनी दिंदै यो समय सबैले केही गरेर देखाउने भएको बताउनुभएको छ ।

८० को दशकमा पाकिस्तानमा सुपरस्टारका रुपमा ख्याति कमाउनुभएका शिवले हिन्दी र दक्षिण भारतीय चलचित्रले नेपाली बजार खायो भनेर चिन्ता गर्नुको साटो उत्कृष्ट चलचित्र निर्माण तर्फ ध्यान दिन सुझाव पनि दिनुभएको छ ।

भूमडलीकरणको अहिलेका समयमा कसैले कसैलाई बन्देज लगाउन नसक्ने बताउँदै नेपालकै जति जनसंख्या भएको दक्षिण भारतीय चलचित्रले बलिउडलाई चुनौति दिइरहेको यसको चुनौति सामना गर्न समयमा नेपालका कर्पोरेट क्षेत्रले चलचित्रमा लगानी गर्ने वातावरण बनाउनु आवश्यक रहेको पनि बताउनुभएको छ ।

नेपाली चलचित्रको भविष्य सुनिश्चित गर्ने हो भने हामी सबैले संयमता अपनाउनु आवश्यक रहेको बताउँदै श्रेष्ठले पहाडसंग टाउका ठोक्दा पहाडलाई केही हुँदैन आफ्नै टाउको फुटने भएकाले अब राम्रा चलचित्र निर्माणका लागि लगानीको वातावरण बनाउनुपर्ने सुझाव दिनुभएको छ ।

भगवानले नेपाललाई सित्तैमा प्राकृतिक स्टुडिया नै दिएको बताएँद श्रेष्ठले कर्पोरेट क्षेत्रलाई चलचित्रमा लगानीका वातावरण बनाइदिए दक्षिण भारतीय चलचित्रसंग प्रतिस्प्र्धा गर्नसक्ने चलचित्र बनाउन यहाँका चलचित्रकर्मी सक्षम रहेको दावी समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.