क्रिकेटखेल

आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

आईपीएल

जारी प्रतियोगितामा दिल्लीको यो लगातार चौथों हार हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्ली १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनायो । दिल्लीका लागि अक्षर पटेल र कप्तान डेविड वार्नरले अर्धशतकीय पारी खेल्दै क्रमश: ५४ र ५१ रन बनाए ।

यी दुईले छैटौं विकेटका लागि ६७ रनको साझेदारी गरे । त्यस्तै मनिष पान्डेले २६ र पृथ्वी शाले १५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३-३ विकेट लिए रिलि मिरिडेथले २ विकेट लिँदा ऋतिक शोकिनको भागमा १ विकेट रह्यो ।

१७३ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ६५ रनको अर्धशतकीय पारी खेले भने तिलक बर्माले ४१ रन बनाए । यस्तै इसान किसनले ३१ रन जोडे । दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए भने मुस्ताफिजुर रहमानको भागमा १ विकेट रह्यो ।

जितसँगै २ अंक जोडेको मुम्बई आठौं स्थानमा छ भने अंकबिहिन दिल्ली पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार पौने आठ बजे हुने खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दै छन् ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.