अर्थ
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला
वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ ।
समाज कल्याण परिषद्ले सोमबार मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो ।
बक्यौता बुझाउन पटक–पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित गर्दासमेत अटेर गरेपछि यसरी ताला लगाउनुपरेको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिनुभयो ।
परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्