समाचार

यस्तो छ सनसिटी अपार्टमेन्ट सिलपछिको अवस्था (तस्वीरहरुसहित)

मंगलबार विहान काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ सिल गरिएको छ र प्रहरीले घेराबन्दी गरेको छ ।

नेपाल प्रहरी अपार्टमेन्टबाहिर बसेका छन् भने भित्र भने सनसिटीकै गार्डहरु छन् । त्यससँगै अत्यावश्यक काम परेका त्यहाँभित्र रहेकालाई गेटसम्म आउन दिइएको छ ।

चार साताअघि बेलायतबाट आएको एकै परिवारका आमा र छोरामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुका साथै बुहारीमा परीक्षणको क्रममा रहेकाले उक्त अपार्टमेन्ट र वरपर भयको वातावरण देखिएको छ । दुईजनामा संक्रमण देखिएपछि त्यहाँ रहेका सबैको परीक्षण सुरु भैसकेको छ भने संक्रमितहरूको पनि कन्ट्याक ट्रेसिङ्ग भइरहेको छ ।

अर्पाटमेन्ट सिल गरिएपछि भित्र बसेकाहरुमा त्रास छाएको छ सो अर्पाटमेन्टमा करीब १५ सय मानिस बस्ने गरेका छन् । सिल गरेसँगै मानिसहरुलाई भित्रबाट बाहिर आउन दिइएको छैन् ।




प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.