समाचार

के हो प्रचण्डको क्रमभङ्गता ?

हैन ! यी प्रचण्ड भन्ने जिनिस सत्ता बाहिरको कुर्चियाँ एकछिन नि बस्न सक्दैनन् कि क्या हो ? प्रजातान्त्रिक पद्धतिले निर्वाचनाँ भागलेर २ तिहाई सिट जितेर सत्ताँ बस्या सरकारका बिरुद्ध नि अनाप सनाप बक्दै हिँडिराछन त हँ !

के हो यो देश काँग्रेस कमिनिष्टहरको विर्ता हो कि क्या ? अरु पाटीले त चुनाब जितेर दुई तिहाई ल्याउँदानि सरकारै चलाउन नपाउने हो कि क्या ?

प्रजातान्त्रिक प्रणालिमा त अरुको समर्थन या वहुमताँ त सरकार चलायर ढुक्कसित अघि बढन पाइन्छ भने ऐले त रास्वपाले त दुईतिहाई मत लेर सरकार चलाई राछ त अनि यस्तो बेलाँनि क्रम भङ्ग गरेर लेखाइ दिन्छु लौ हेर्दै जाओ भनेर जनता र दलहरुलाई समेत चुतिया बनाउँदै हिँड्या देख्दा अचम्म लाछ गाँठे ।

हैन १ प्रचण्डलाई कुनै यौटा बहाना बनाएर एमालेसित पुनः जोडिन मन लाछ भने जोडिउन तर घ्यु नलाग्ने कुरा गर्दै हिँडन भएन के ! एमाले र माओवादी मिल्नु अर्थात एकीकरण हुनुलाई क्रमभङ्गको उपमा द्या हुन भने ठिकै छ ।

तर माओवादीका दुई माधव र प्रचण्ड अनि एमालेका एक केपी वली यौटै मञ्चाँ बसेर त्याँट भाषण गर्दैमा क्रमभङ्ग हुन्छ र ? क्रमभङ्ग भन्या सरकार ढाल्ने कुरासित जोडन खोज्या हुन भने यो कतै सम्भावना छैन है ।

रास्वपा भन्ने पाटी न त आतंकवादबाट जन्म्या हो न युद्ध गरेर मान्छे मारेर जन्म्या हो । यो त बकाइदा अन्य पाटीझैँ सामान्य दलका रुपमा जन्मेर पैलो चुनाबाँ २१ सिट लेर र दोस्रो चुनाबाँ दुई तिहाई ल्याएर सरकार बनाएर ऐले सरकार बन्या जम्मा ९०/९२ दिन अर्थात उसको हनिमुन पिरेडनि सक्या छैन ।

अनि यस्तो बेलाँ एमाले माओवादी मिल्दा नि ५० सिट पुर्याउन नसक्ने अवस्थाँ दुईतिहाईको सरकार ढाल्छु भनेर प्रचण्ड दुनियाँका अगाडि धक्कु लाउँदै हिँडने अनि त्यस्तालाई साथ दिने वली कस्ता मान्छे हुन के ?

यी पुराना दलका नेतारु कैले सुध्रेलान के कठैबरा यिनका कुरा सुन्दा नि आजकाल त टिठै लाएर आउँछ ! अब त यिनका कुरा सुन्दा सुन्दा कार्यकर्ता नि आजित भैसके !बालेन सरकारले पुराना दलका नेताहरलाई कसैलाई सम्पति सुद्धिकरणाँ त कसैलाई भष्टाचाराँ लगेर जाक्याजाक्यै छ ।

त्यै मौकाँ कतै क्यान्टुनमेन्टको पैसा हिनामिना तथा ठेक्दारहरुसित मिलेर कामै नगरेर योजनाहरु अलपत्र पार्या र द्वन्द्व पीडितका नाममा भष्टाचारको खेल खेल्या भनेर तपाईंले क्रमभङ्ग गर्ने खेल खेल्दा खेल्दै बालेनले विष्णु पौडेललाई खोराँ पुर्याझैँ पुर्याउलान नि बिचार गर्नोस है नेताजी ।

हिजो पो सताँ जाम्ला सुखसयल गरम्ला पैसा कमाम्ला भनेर प्रचण्डका पछि सरकारी सेना र माओवादीकै सेना अनि मोहन वैद्य र कृष्णबहादुर महरा, अनि बाबुराम भट्टराई र जनार्दन शर्मा जस्ता समकालीन नेताहरु सबै प्रचण्डकै ग्रिपमा थे । ऐले जब प्रचण्ड एकदुईचोटि सत्ताँ पुगे त्यसपछि त सबै लथालिङ्ग भै गएनि त्यसैले प्रचण्डले हिजकै बलाँ देशा केही गरिहाल्छु भनेर नसोचे नि हुन्छ ।

८२ भदौ २३/२४ को आन्दोलनपछि देश पुरानै अवस्थाँ छैन । पुराना दलका नेताहरुको विरुद्ध आफसेआफ माहोल तयार भएर उनीहरुका विरुद्ध युवा, महिला, कार्यकर्ता सब तयार भएर बस्या बेलाँ प्रचण्डकै आदेशाँ उनको समर्थनाँ कोई आईदिनेवाला छैन ।

त्यसैले प्रचण्डजी देशाँ दुई तिहाईको सरकार छ उसले चुनाबका बेला जनतासित बाचा गरेका कुरा पुर्याउनतिर खबरदारी गर्नोस तर काम गरेर खुरुखुरु अगाडि बढेको सरकारलाई विपक्षीका नाममा सडक र सदनाँ नाङ्गो नाँच देखाउने काम नगर्नोस ।

कुनै पनि देशको दुईतिहाईको सरकारले जनताबाट दुईतिहाई ल्याएर नि शासन गर्न नपाउने हो भने के गर्दा शासन गर्न पाउने हो ? अन्तर्राष्टिय जगतलाई बुझाई दिनोस् । नेपालमा तपाईंहरुले राज गर्ने चनन्स अँझै २५ वर्ष पाउनु हुन्न त्यो लेखेर राख्नोस र १५ वर्ष जनताका घरदैलोमा गएर उनरको सुखदुखमा साथ दिनोस् न कि झुठो आश्वाशनमा ! त्यसैले त्यो क्रमभङ्ग भन्ने जिनिसलाई आफ्नै कोटको खल्तियाँ राख्नोस कुनै दिन काम आएछ भने ठिकैछ अन्यथा हाम्रा दिन गए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.