नयाँ वर्षको सुरुवात शान्तिभूमि लुम्बिनीबाट (भिडियोसहित)
नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लाग्यो । भगवान गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिर लगायत लुम्बिनी हाताभित्र रहेका सबै गुम्बाहरुमा दर्शनार्थीहरुको घुइचो लागेको थियो ।
मायादेवी परिसर, केन्द्रिय नहर, गुम्बाहरु आन्तरिक एवं भारतीय पर्यटकहरुले भरिभराउ रहेको थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुको भ्रमणको केन्द्रको रुपमा लुम्बिनी रहेको छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वर्षको पहिलो दिन झण्डै २० हजार बढी दर्शनार्थीले मायादेवी मन्दिरको अवलोकन गरे ।
मायादेवी मन्दिरमा दर्शनार्थीको अत्याधिक घुइचो रहेकोले कतिपयले दर्शन नै नगर फर्केको कारण यो संख्या अझै बढी भएको उहाँको अनुमान छ ।
विगतमा कोभिडका कारण घरमै खुम्चिएका आन्तरिक पर्यटकहरु २०८२ को सुरुकै दिन लुम्बिनीमा रमाएका हुन् । लुम्बिनी भ्रमणमा आएकादर्शनार्थीहरुले वर्षको पहिलो दिनको सुरुवात शान्तिभूमि लुम्बिनीबाट गर्न चाहेर नै लुम्बिनी आएको बताएका छन् ।



प्रतिक्रिया राख्नुहोस्