आज प्रधानमन्त्री शाहले समानुपातिक सांसदसंग अन्तरक्रिया गर्दै
मुलुकका १७५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरुसंगको छलफलपछि प्रधानमन्त्री वालेन्द्र शाहले आजा वैशाख २ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्नुहुने भएको छ ।
मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रममा सांसदहरूले आआफ्ना …क्लस्टरÚ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।
अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र प्राथमिकता दिएर समानुपातिकलाई भेदभाव गरेको आरोप केही सांसदहरुले लगाइरहेका बेला यो अन्तरक्रिया हुन लागेको हो ।




प्रतिक्रिया राख्नुहोस्