क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस मधेससँग चार विकेटले पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार भएको खेलमा मधेसले पुलिसलाई ४ विकेटले पराजित गरेको हो ।

विरगञ्जमा भएको खेलमा पहिले ब्याटिङ गरेको पुलिस ४०.३ ओभरमा १ सय ३० रनमा समेटिएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाए भने शंकर रानाले २७ रन जोडे ।

त्यस्तै रशिद खानले १८ रन जोड्दा दिनेश खरेलले र गुलशन झा समान १५-१५ रन बनाए । मधेसको लागि पवन सरार्फ, रञ्जित कुमार र आशिक बैथाले समान तीन-तीन विकेट लिँदा अरनिको यादवको भागमा एक विकेट रह्यो । पुलिसले दिएको १ सय ३१ रन्को लक्ष्य लिएर मैदान उत्रेको मधेसले २४ दशमलव ओभरमा विकेट गुमाएर पूरा गर्यो ।

मधेसको लागि अरनिको यादवले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहँदै ६५ रनको अर्धशतकीय पारी खेले भने रुपेश सिंह २७ रनमा अविजित रहे । पुलिसको लागि गुलशन झाले तीन विकेट लिए भने सागर ढकालले दुई विकेट लिँदा ललित नारायण राजवंशीको भागमा एक विकेट रह्यो । यी दुवै टोलीको फाइनल पुग्ने सम्भावना यसअघि नै सकिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.