जन सरोकार

डाक्टरहरुलाई कुटपिट गर्ने डिएसपी र अन्य प्रहरी जिम्मेवारीमुक्त

बुधबार राति कान्तित अस्पतालबाट चक्रपथ बसुन्धारा निस्कने ओरालोमा लक उाडन उल्लंघन गरेको भन्दै त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्ने महाराजगञ्ज वृत्तको प्रमुख डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

डाक्टरहरुमाथि कुटपिट गरेको भन्दै नेपाल चिकित्सक संघले कारबाहीको माग सहित बिरोध गरेलगत्तै बिहीबार लम्साललाई महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको छ ।

त्यसै गरी डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दुःख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.