राजनीति
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका छमध्ये एक अध्यादेश जारी गर्नुभएको छ । बिहिबार उहाँले सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाउनुभएको छ ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी -पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
अन्य अध्यादेशहरूमाथि राष्ट्रपति पौडेलले संविधानविद्हरूसंग परामर्श लिइरहनुभएको छ । राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाउनुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्