जापान

कोरोना संक्रमण दिनदिनै बढ्दै- पूरै जापानमा संकटकाल लागू गर्ने तयारी

जापानमा कोरोना भाइरसको संक्रमण दैनिकरुपमा बढ्दै गएको छ । बिहिबार साँझ ४ बजेसम्म ७ हजार ९ सय १० जनामा संक्रमण भएको छ । संक्रमितहरुमा विदेशबाट आएका र विदेशबाट उद्धार गरिएकाहरु सामेल छन् भने डामण्ड प्रिन्स क्रुजमा सवारहरुको संख्या जोडिएको छैन ।

संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री शिन्जो आबेले पूरै जापानभर संकटकाल लगाउने योजना बनाइरहेको एनएचकेले जनाएको छ । यस विषयमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कार्यदलद्वारा आधिकारिक निर्णय लिनुअघि सरकारले गठन गरेको विशेषज्ञहरुको सल्लाहकार समितिले सरकारलाई सुझाव दिने छ ।

यसअघि सरकारले अप्रिल ७ मा राजधानी टोकियो लगायत अन्य ६ प्रान्तमा संकटकाल लगाएको थियो । संकटकाल लगाइए पनि संक्रमितको संख्यामाा कमी आउनुको साटो लगातार वृद्धि भैरहेको छ ।

बिहिबार मात्रै जापानमा १ सय ८८ नयाँ संक्रमित पुष्टि भएको छ । डायमण्ड पिन्सेस क्रुजमा रहेका ७ सय १२ सहित जापानमा कुल संक्रमितको संख्या ९ हजार ६ सय २२ पुगेको छ । त्यस्तै मृतकको संख्या १ सय ९४ पुगेको छ ।

यसै गरी एनएचकेले जापानका ९ प्रानतमा कोरोना भाइरसका बिरामीको उपचारका लागि उपलब्ध बेड भरिएको छ । देशभर कोरोना उपचारका लागि ९ हजार बड तयार गरिएकोमा यो समाचार तयार पार्दासम्म देशभरमा ५ हजार जना अस्पताल भर्ना भएका छन् । ९ प्रान्तको ८० प्रतिशतभन्दा बढी बेड भरिएको छ ।

यसरी बेडको अभाव हुने प्रान्तहरुमा संकटकाल घोषणा गरिएका टोकियो, ओशाका, ह्योगो, फुकुओका, क्योटो, ओकिनावा रहेका छन् भने बेडको अभाव हुने अन्य ५ प्रान्तमा संकटकाल लगाइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.