स्थानीयतह निर्वाचन

काठमाडौँका लागि विवेकशील साझाको प्रतिज्ञापत्र सार्वजनिक

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको छ।

ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

मेयरको उम्मेदवार समीक्षा बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ ।

३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बन्नुभएकी उहाँले २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

त्यसै गरी उपमेयरको उम्मेदवार कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुनुहुन्छ । नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुनुहुन्छ ।

शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न सङ्घ संगठनको नेतृत्वदायी भूमिकामा रहनुभएकी तुलाधर अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा मेयर र उपमेयरका उम्मेदवार, पार्टी अध्यक्ष रवीन्द्र मिश्र, पछिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीको समर्थनमा काठमाडौँमा मेयर र उपमेयरका उम्मेदवार रहेका किशोर थापा र निरूपमा यादवका साथै पार्टीका अन्य नेताहरूको उपस्थिति थियो ।

प्रतिज्ञापत्र यस्तो छ

स्थानीय तह निर्वचन, २०७९ काठमाडौँ प्रतिज्ञा पत्र - Media

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.