राजनीति
राष्ट्रपति कार्यालयबाट विनियोजित बजेटबाट साढे नौ करोड रुपैयाँ फिर्ता

मुलुक कोरोना भाइरस संक्रमणसंग जुधिरहेको र संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग आवश्यक भैरहेका बेला राष्ट्रपति कार्यालयले आफ्नो विनियोजित बजेटबाट साढे नौ करोड रुपयाँ फिर्ता गरेको छ ।
शुक्रबार राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट खर्च कटौती गरेर साढे ९ करोड रकम सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो ।
राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्ती अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्