राजनीति

माओवादी केन्द्रको कारबाहीपछि गृहमन्त्री थापा सांसदबाट मुक्त

गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको छ । पार्टी परित्याग गरेको भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा सूचना दिएपछि उहाँ राष्ट्रियसभाको सदस्यबाट पदमुक्त हुनुभएको हो ।

विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट वाग्मती प्रदेशबाट चयन हुनुभएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उहाँलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई स्वीकृत गर्नुभएको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

थापा राष्ट्रियसभाको सदस्य नरहेपछि मन्त्री पदबाट पनि स्वतः हट्नुभएको छ । उहाँलाई आइतबार नै सोही मन्त्री पदमा पुनःनियुक्त गरी शपथ गराउने तयारी रहेको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.