खेल

आज पनि चम्किए कुशल र आशिफ- मलेसिया नौ विकेटले पराजित

त्रिकोणात्मक टी २० सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले दिएको ११० रनको विजयी लक्ष्य नेपालले १ विकेटको क्षतिमा १२.१ ओभरमा पूरा गर्दा नेदरल्याण्ड्सबिरुद्ध चम्किएका कुशल भुर्तेल र आशिफ शेख आज पनि चम्किए ।

कुशलले आज पनि अद्र्धशतक पूरा गरे । उनी ६१ रन बनाएर आउट भए । उनले २६ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । उनले नेदरल्याड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।

यसअघि टस जितेर मलेसियालाई ब्याटिङको निम्तो दिएको नेपालले कसिलो बलिङ गरेपछि १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यस्तै शार्भिन निएन्डीले १५ बल खेल्दै १ छक्का मद्दतमा २० रन जोडे । शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १ विकेट लिए । दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.