राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु
राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो ।
![रामचन्द्र पौडेल रामचन्द्र पौडेल](https://www.nepaljapan.com/wp-content/uploads/2017/03/ramchandra.jpg)
नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल बुधबार भारतको एम्स अस्पताल जानुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सचिवालयले बुधबार विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल बुधबार बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गर्नुभएको समेत जनाएको छ ।
उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्