क्रिकेटखेल

नेपाल र यूएईबीचको टी–२० सिरिजको पहिलो खेल आज, खेल फ्लडलाइटमा हुने

नेपाल र यूएईबीच दुई खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा हुने खेल बेलुकी ५ पछि सुरु हुदैछ ।

नेपालमा पहिलो फ्लट लाइटमा अन्तर्राष्ट्रिय खेल आयोजना हुन लागेको हो । क्यानले यस सिरिजलाई ‘अन्डरलाइट ट्वान्टी २० सिरिज’ नामाकरण गरेको छ । घरेलु मैदानमा नेपालले अन्तर्राष्ट्रिय खेल रातको समयमा लागि खेल्न लागेको यो पहिलो हो ।

नेपाल यस सिरिजका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रदैछ । नेपालमा लिग–२ पूर्व टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी विश्वकप लिग-२ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला नेपालमै हुनेछ ।

हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले हालसम्म टी-२० आईमा ११ पटक भिडेका छन् । जसमा नेपाल छ खेलमा विजयी हुँदा यूएईलेभने पाँच खेलमा जित हासिल गरेको छ । सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेल भने भोलि मंगलबार हुनेछ ।

यस्तो छ नेपाली टिम
दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल ।

बैकल्पिक खेलाडी
प्रतिस जीसी, नारायण जोशी र रसिद खान ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.