जन सरोकार

अनामनगरस्थित भाटभटेनी सुपर मार्केट बन्द, अन्तको कहिले बन्द हुने ?

देशभर लकडाउन भैरहे पनि उपत्यकाका विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट खुला रहेपछि व्यापक बिरोध भैरहेका बेला काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी भने बन्द भएको छ । साना पसलहरु सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालका अनुसार मार्केट बन्द गराउन शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिनुभएको छ ।

भाटभटेनीमा सुरक्षाका लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेको थियो । भित्र दूरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आउनुभएको थियो । तर उच्च राजनीतिक पहुँचका कारण खुला थियो ।

त्यसो त अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् । संक्रमणबाट फैलन नदिन भन्दै बाहिर लाइन लगाएर दूरी कायम गर्न भनिए पनि भित्र पसिसकेपछि भाटभटेनीले कुनै सतर्कता नअपनाएको वाध्यक्षहरुले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.