जल/वातावरण

कोरोनाको दोस्रो लहर, दैनिक संक्रमित बढ्दै, बुधबार थपिए दुई हजार तीनसय बढी

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पनि यसको रोकथाम र उपचारका लागि प्रभावकारी योजना बन्न सकेको छैन । सरकारले ठूला शहरका विपद्यालयहरु बन्द, भेला, जुलुस, सभा, समारोह लगायतका क्षेत्रमा निश्चित मापदण्ड तोके पनि सीमामा सुरक्षा जाँच, क्यारेन्टिन, आइसोलेशन तथा उपचारा कक्षहरुको अभावका कारण थप समस्या उत्पन्न भैरहेको छ ।

अहिले दैनिकजसो संक्रमितका संख्या अनपेक्षित रुपमा बढिरहेको छ । बुधबार पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.