क्रिकेटखेल

नेपाल र यूएईबीचको दोस्रो टी–२० खेल आज

नेपाल र यूएईबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल कीर्तिपुरको टियु मैदानमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

सोमबार भएको पहिलो खेलमा नेपाल ‘डिएल मेथड’का आधारमा यूएईसँग छ विकेटले पराजित भएको थियो । दुई खेलको सिरिजमा यूएई १-० ले अघि रहेको छ । नेपाललाई सिरिजलाई बराबरी गर्ने आजको खेल जित्नै पर्ने वाध्यता छ ।

नेपालमा लिग–२ पूर्व टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी विश्वकप लिग-२ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला नेपालमै हुनेछ ।

हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले हालसम्म टी-२० आईमा १२ पटक भिडेका छन् । जसमा नेपाल छ खेलमा विजयी हुँदा यूएईले पनि छ खेलमा जित हासिल गरेको छ ।

नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तरराष्ट्रिय खेल खेलेको हो । यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो । विश्वकपपछि नेपाली टोलीले अन्तरराष्ट्रिय खेल खेलेको हो। नेपाल र यूएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।

यूएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.