कोशीप्रदेश

२४ जना कोरोना संक्रमित देखिएपछि उदयपुर सिल गर्ने निर्णय

२४ जना कोरोना संक्रमित भेटिएपछि प्रदेश १ सरकारले उदयपुर जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ । मंगलबार मात्र सो जिल्लामा ११ जना कोरोना संक्रमित देखिएका थिए ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको बताउनुभयो ।

आज जिल्लाको भुल्केमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो । योसँगै उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.