प्रदेशलुम्बिनी

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ ।

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संथागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको जनाइएको छ ।

प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आज पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकाङ्क्षा पूरा गर्न प्रदेश सरकारले रणनीतिक उपलब्धिहरू हासिल गरेको जानकारी दिनुभयो ।

समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको उहाँको भनाइ छ । मन्त्री आचार्यले यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्यवनकालागि महत्वपूर्ण कार्य भएको, राजधानीका संरचना निर्माण सुरु भएको र आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी १० वटा प्रशासनिक भवन निर्माणले तीव्रता पाएको जानकारी दिनुभयो ।

यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमूना राजधानी सहर निर्माणका लागि रु २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

प्रदेश राजधानीस्थलबाट कार्य प्रारम्भ गरेको सरकारले प्रदेशको विकास र समृद्धिको बाटोबाट ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रदेशवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने र समग्र विकासलाई समावेशी एवं सामाजिक न्यायमा आधारित बनाउने सङ्कल्पका साथ अघि बढेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।

प्रदेश सरकारका उपलब्धिलाई संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासलगायतको शीर्षकमा सार्वजनिक गरिएको थियो । संस्थागत विकासमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ ।

मन्त्री आचार्यले यस अवधिमा पूर्वाधार विकासतर्फ २८ किलोमिटर सडक कालोपत्र तथा ढलान गरिएको, पाँचवटा सडक पुल निर्माण भएको, ७३ वटा कल्भर्ट निर्माण भएको, एकवटा झोलुङ्गे पुल, १२ वटा सडक ट्रयाक खोलिएको जानकारी दिनुभयो । त्यस्तै यस अवधिमा २३ किलोमिटर पक्की नाला निर्माण गरिएको छ ।

कुल छवटा सिँचाइ बाँध तथा मुहान निर्माण गरिएको छ भने अन्ठाउन्न वटा पक्की नहर बनाइएको छ, ५३ वटा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको छ । त्रिहत्तर किलोमिटर सिँचाइ पाइप विस्तार गरिएको छ भने १४ किलोमिटर नदी नियन्त्रण तथा तटबन्ध निर्माण गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.