लकडाउनको निर्णय मन्त्रिपरिषदले गर्ने- आन्तरिक तथा बाह्य उडान जेठ २ सम्म बन्द
सरकारले आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने भएको छ । शनिबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बैठकले सो निर्णय गर्दै लकडाउन थप गर्ने वा नगर्ने भन्ने विषयको निर्णय मन्त्रिपरिषदले नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सरकारले वैशाख १८ गतेसम्म बन्द राखेको उडानको समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो । सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको समितिको सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो ।
त्यसै गरी बैठकले कोरोना नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ ।
सचिव नारायण विडारीले समितिले लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष निकालेको बताउँदै उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको त। तर छिमेकी मुलुकहरुको अवस्थालाई हेरेर जानुपर्छ । अब कति दिन थप्ने, के गर्ने भन्ने मन्त्रिपरिषद्ले गर्ने बताउनुभयो ।
विडारीका अनुसार लकडाउनको मोडालिटीबारे के गर्ने भन्ने बारेमा उच्चस्तरबाटै निर्णय गर्नुपर्ने निष्कर्ष निकालेकाले मन्त्रिपरिषद बैठकले त्यो गर्ने बताउनु भयो ।