जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१४ स्थित जन स्वास्थ्य कार्यालय नजिक नालीको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-९ रमुवादहस्थित भगरम खोलामा सोही ठाउँ बस्ने ५० वर्षीय सहिलाल बुढामगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस्तै रूपन्देही, देवदह नगरपालिका-९ घोडाहा फुलबारी टोल बस्ने ४४ वर्षीया दानुका रोकाया आफ्नै घरमा मंगलबार मृत अवस्थमा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.