जन सरोकार

दैनिक हजारौं चालक ट्राफिक कारवाहीमा

केही दिन यता काठमाडौं उपत्यका ट्राफिक प्रहरीको सक्रियता बढेको छ । प्रहरी सक्रियता बढेसंगै दैनिक हजारौं सवारी चालकहरु सवारी नियम उल्लंघनको कारबाहीमा परिरहेका छन् ।

यसै क्रममा बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.