राजनीति

मन्त्रिपरिषदको बैठक शुरु- कोरोना रोकथामबारे महत्वपूर्ण निर्णय हुने

मुलुकभर कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भएका छन् । काठमाडौं उपत्यकामा पनि यसको अन्तिम तयारी भैरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।

सो बैठकमा नियमित कार्यसूची बाहेक कोरोना संक्रमण रोकथामका बारेमा निर्णय हुनसक्ने बताइएको छ । कोभिड १९ संक्रमण तिव्ररुपमा फैलिएपछि अस्पताल बेडको व्यवस्था, जनशक्ति परिचालनका विषय समेत बैठकमा छलफल हुने बताइएको छ ।

सोमबार मात्रै उपत्यकाका तीनवटै जिल्ला प्रशशासनले वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेको छ ।

सम्बन्धित खबर

Back to top button