बिशेषविश्व समाचार

ह्वाइट हाउस डिनरमा गोली चलेपछि राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानमा

अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित एक डिनर कार्यस्थलमा गोलीको आवाज सुनिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित स्थानतर्फ लगिएको छ।

वासिङ्टन हिल्टनमा आयोजित कार्यक्रममा राष्ट्रपति र प्रथम महिला मेलानिया ट्रम्प कुराकानीमा व्यस्त देखिएका बेला ह्वाइट हाउसको टेबलमा भएको होहल्लाका कारण उहाँहरूको कुराकानी बीचैमा रोकिएको थियो।

ठूलो आवाजमा पड्किएको आवाज सुनिएसँगै विभिन्न सेक्रेट सर्भिसका सदस्यहरूले ूतलै बस्नुस्, तलै बस्नुस्ू भन्दै राष्ट्रपतिलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए।

सातदेखि आठ राउन्ड गोली चलेपछि सेक्रेट सर्भिसले राष्ट्रपति, प्रथम महिला र अन्य सबै सुरक्षा घेरामा रहेका व्यक्तिहरू सुरक्षित रहेको जानकारी दिएको छ।

आफूमाथि गोली चलेपछि राष्ट्रपति संवाददाताको प्रश्नमा ट्रम्पले मानिसहरूले ‘चर्चित व्यक्तित्व’लाई निशाना बनाउँछन् भन्दै हत्याका घटनाहरूको अध्ययन गरेका छन्, र ‘सबैभन्दा ठूलो प्रभाव’ पार्नेहरूलाई नै मानिसहरूले खेदो खन्ने र हत्या गरिएका राष्ट्रपति अब्राहम लिङ्कनको सन्दर्भ जोड्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘यसबाट म सम्मानित भएको महसुस गर्छु भन्न त मलाई मन छैन’, आफ्नो प्रशासनले देशका लागि धेरै काम गरेको तर केही मानिसहरू त्यसबाट खुसी नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.