जन सरोकार

अलमलमा परे कार्यक्षेत्रमा खटिएका प्रहरीसंग सम्पर्क गर्न आग्रह

सहरी विकास मन्त्रालयले अव्यवस्थित क्षेत्रबाट स्थानान्तरण गरिएका सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन अनुरोध गरेको छ ।

मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाउँदै कोही असमलमा भए प्रहरीसंग सम्पर्क गर्न अनुरोध गरेको हो ।

सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ ।

सहरी विकासमन्त्री सुनील लम्सालको सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने जनाएको छ ।

सचिवालयले भनेको छ, “सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सहज रूपमा पुर्याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ । सामानको सुरक्षित व्यवस्थापन गरिनेछ । रङ्गशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको छ ।”

मन्त्रालयले नागरिकको धनमालको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ । जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरेपछि नागरिकले तत्कालका लागि आवश्यक पर्ने खाना र आवासको चिन्ता लिनु नपर्ने मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.