जल/वातावरण

कोरोना संक्रमणको पूर्व आँकलन 'फेल' : ४७ दिनपछि कोरोना संक्रमण पुष्टि, विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु

कोरोना संक्रमणको पुष्टि यसको सामान्य लक्ष्यण देखिएको १४ दिनमा देखिने र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने पूर्व मान्यतामा परिवर्तन आएको संकेत देखिएको छ । संक्रमित क्षेत्रबाट आएका व्यक्तिमा १४ दिनभित्र हैन डेढ महिनापछि संक्रमणको पुष्टि भएको छ ।

आइतबार भारतको नयाँ दिल्लीमा डेढ महिनाअघि आयोजित तबलिगी जमातमा सहभागी भएर फर्किएका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको, उनी डेढ महिनाअघि दिल्लीबाट फर्किएका थिए ।

झापा बाह्रदशी ४ का ५० वर्षीय पुरुषमा चार दिनअघि परीक्षण गर्दा उनको शंकास्पद रिपोर्ट आएपछि आइतबार कोशी अस्पताल, विराटनगरमा पुन परीक्षण गरिएको थियो । त्यसमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी मुस्लिम धर्मगुरू हुन् र, दिल्लीको निजामुद्दीनमा भएको धार्मिक सभामा सहभागी भएर २७ फागुनमा दिल्लीबाट ट्रेन र बस चढेर घर फर्किएका थिए ।

नेपालमा लकडाउन खुकुलो पार्नुपर्ने आवाज उठिरहेका बेला कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । आइतबार मात्रै तीनजना थपिएका छन् । झापामा दिल्लीबाट फर्किएको ४७ दिनपछि कोरोना संक्रमणका पुष्टि भएका व्यक्तिसंगै पर्साको वीरगन्जका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढेर ५२ पुगेको हो ।

कोरोना भाइरसको स्वभाव र क्षमताा विस्तार हुँदै गैरहेको र एकपटक निको भएकामा पुनः संक्रमण हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिइसकेको छ ।

विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइस संक्रमणका कारण सोमबार विहानसम्म विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ९ लाख ६४ हजार ९ सय ३७ जना संक्रमित भएका छन् भने ५४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र १७ हजार २ सय ८० जनाको मृत्यु भएको छ । अमेरिकामा उपचारबाट एक लाख ६ हजार ९ सय ८५ जना निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमित संख्या एक लाख ९७ हजार ६ सय ७५ र मृतक संख्या २६ हजार ६ सय ४४ पुगेको छ । यहाँ ६४ हजार ९ सय २८ जना निको भएका छन् ।

स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना संक्रमित भएका छन् र २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । यस्तै एक लाख १७ हजार ७ सय २७ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ६२ हजार २ सय २० जना संक्रमित हुँदा २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । ४५ हजार ६ सय ४१ जना निको भएका छन् ।

बेलायतमा १ लाख ५४ हजार ३७ जना संक्रमित भएका छन् भने २० हजार ७ सय ९४ जनाको मृत्यु भएको छ र सात सय ७८ जनामात्र निको भएका छन् ।

जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित भएका छन् भने ५ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ । यहाँ निको हुनेको संख्या १ लाख १२ हजार रहेको छ ।

सम्बन्धित खबर

Back to top button