राजनीति

जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस निकट पूर्वकर्मचारी समाज नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले नेपालको लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो । उहाँले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र भने स्थायी हुने र जनतासँग निरन्तर जोडिने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोे “नेपाली जनताको उन्नति, प्रगति कांग्रेसको चाहना हो । म पार्टीलाई बलियो बनाउने काममा एकजुट भएर लाग्न आग्रह गर्दछु । ”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.