कांग्रेस संसदीय दलको नेतामा देउवापक्षका भीष्मराज आङ्देम्बे
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको एक अधिवेशन सम्पन्न भएपछि संसदीय दलको नेता चयन गरेको छ । पार्टीभित्र कायम रहेको विवाद र असन्तुष्टि मिलाउन देउवा पक्षका नेता भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाएको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद आङ्देम्बेलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई संसदीय दलको बैठकबाट अनुमोदन गर्नेछ ।
संसदीय दलको नेतामा अर्जुननरसिंह केसीसंगै मोहन आचार्य प्रमुख दाबेदार रहे पनि एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज थियो । केसीले आफू सर्वसम्मत भए मात्र तयार रहेको निर्वाचनमा भाग नलिने बताउँदै आउनुभएको थियो ।
आङ्देम्बेलाई संसदीय दलको नेता बनाएपछि पार्टीभित्र रहेका देउवा र शेखर कोइराला पक्षको पनि साथ रहने संस्थापन पक्षको विश्वास रहेको छ ।
पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित हुनुभएको थियो । उहाँ विशेष महाधिवेशनमा भने सहभागी हुनुहुन्थेन ।





प्रतिक्रिया राख्नुहोस्