जल/वातावरण

भारतबाट फर्किएका थप तीनजनामा कोरोना : संक्रमितको संख्या ५७ पुग्यो

भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका तीनजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

समाचार अनुसार दिल्लीबाट फर्किएका तीनजनामध्ये बाराका दुईजना र पर्साका एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएको हो । आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए ।

उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.