राजनीति

पूर्व राजाको स्वास्थ्य अवस्था सामान्य, रानी कोमललाई आईसीयूमा सारियो

कोरोना भाइरसबाट संक्रमित पूर्व राजदम्पत्तिको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका अनुसार पूर्व राजाको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । उहाँलाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।

उता पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको अस्पतालले जनाएको छ ।

पूर्वरानी कोमललाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको छ । अहिले हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या नदेखिएको नर्भिक अस्पतालले जनाएको छ ।

भारतको हरिद्वारमा कुम्भ स्नान गरेर फकेपछि कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button