क्रिकेटखेल

एसिसी प्रिमियर कपको सेमिफाइनल खेल आज : नेपाल र कुवेत भिड्दै

अर्को खेलमा ओमान र युएई भिड्दै

राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेल आज (शनिबार)बाट हुँदैछ ।

नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा र अर्को सेमिफाइनलमा ओमानले युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । दुवै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेता हो । नेपाल समूह चरणको अन्तिम खेलमा बिहीबार कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो । समूह ‘बी’ मा रहेको कुवेतले बिहीबार समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको हो ।

यस्तै अर्को सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ‘ए’ को उपविजेता ओमानले समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.