जापान

रामचन्द्र पौडेललाई जापानको 'ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड'

जापान र नेपालबीचको सम्बन्ध विस्तारमा योगदान पुर्याएवापत जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विभूषित गर्ने भएको छ । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको हो ।

बिहिबार जापानस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।

जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सभामुख भएको बेलामा जापान-नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.