राजनीति

नेकपाको खपटपकाबीच चिनीया राजदूतको राजनीतिक भेटघाट तीब्र

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाका नेताहरुलाई गत अक्टोबरमा चिनीया राष्ट्रपति सी जिङफिङले नेपाल भ्रमणका क्रममा नै व्यक्तिगत स्वार्थरहित ढंगले देश विकास गर्ने सोचका साथ काम गर्न आग्रह गर्नुभएको थियो । पार्टीभित्रको फुट, गुट र नेताहरुको विलाशी जीवनशैलीले समाजवाद नआउने भन्दै उहाँले सचेत गरे पनि अन्ततः नेकपाका नेताहरुमा व्यक्तिगत स्वार्थ नै हावी देखिएको छ ।

यसको पछिल्लो कडीका रुपमा मुलुक कोरोना भाइरसको संक्रमण रोक्न जुधिरहेका बेला सरकार परिवर्तनको खेलमा लागेर जगहँसाइ गरिरहेका छन् । यस्तो स्थितिमा उत्तरी छिमेकी मुलुकले निकै चासो लिंदै राजनीतिक भेटघाटलाई तीब्रता दिएको छ ।

सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको सत्ता संघर्षले पार्टी विभाजनको संघारमा पुगेको आशंका गरिएका बेला चिनीया राजदूतको नेताहरुसंगको भेटघाट बाक्लिएको छ ।

बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसंग लामो छलफल गर्नुभएका नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नपालसग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा कुनै राजनीतिक कुराकानी भए नभएको केही नबताइए पनि अध्यक्ष प्रचण्डलेकोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभयो । नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

नेकपामा अन्तरविरोध चर्किएका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ । स्मरणीय के छ भने नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच खटपट भैरहेका बेला चिनीया राजदूतको तीनै नेतासंगको भेटवार्ताले नेकपाको संकट टार्छ कि टार्दैन भन्ने हेर्न बाँकी छ ।

नेपालको राजनीतिमा हुने कुनै पनि घटनामा भारतको प्रत्यक्ष संलग्नता हुने गरेकोमा यसपटक सत्तारुढ दलको खटपटमा चिनीया सक्रियता देखिएको छ र यसको नतिजा कस्तो आउने हो आउँदो सचिवालय बैठकमा देखिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.