कला/मनोरन्जनकलिउड

लकडाउनमा सञ्जीव र छेम्बलको कोशेली- देशभक्तिपूर्ण गीत मेरो देश (भिडियोसहित)

विश्व नै कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा परेका बेला गायक, गीतकार तथा संगीतकार सञ्जीव श्रेष्ठ र छेम्बल लामाले देशभक्तिपूर्ण गीत सार्वजनिक गरेका छन् । सञ्जीव श्रेष्ठ र छेम्बल लामाकै रचना, संगीत र स्वर रहेको मेरो देश शीर्षकको देशभक्तिपूर्ण गीत हालै मात्र यूटुबबाट सार्वजनिक गरिएको हो ।

पाप शैलीमा कमै मात्र बन्ने गरेको देशभक्तिपूर्ण गीतको कोटीमा पर्ने यो गीतको शब्द, संगीत र स्वर अनि भिडियोले सिंगो देशको प्रतिनिधित्व गरेको छ । हिमाल, पहाड तराई (मधेश)को विम्व झल्काउँदै नेपाली राष्ट्रियताकोा भावना व्यक्त गरेको छ ।

नेपाली, हाम्रो अर्को नाम छ गोर्खाली अनि हिमाली, पहाडी र मधेशीसंगै हामी सबै नेपाली भन्दै जातीय, क्षेत्रीय र साम्प्रदायिक सदभाव बढाउने यो गीतलाई देशभित्रबाट मात्र हेन विदेशबाट पनि विशेष प्राथमिकता दिइएको छ । दिपेश प्रधानको संगीत संयोजन, सन्तोषकृष्ण श्रेष्ठको सम्पादनमा तयार भएको म्यूजिक भिडियो हेर्न र सुन्न दुबैमा उत्कृष्ट छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.