क्रिकेटखेल

युएईले दियो नेपाललाई एकसय १८ रनको लक्ष्य

काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ ।

सोमबार नेपाल र युएईबीचको खेल वर्षाले बिथोलिएपछि जहाँबाट रोकिएको थियो त्यहीबाट सुरु गर्दा युएईले ५० ओभरको खेलमा ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो ।

सोमबार खेल रोकिंदा युएई २७ औं ओभरमा ९ विकेटकको क्षतिमा १०६ रनमा कायम रहेको थियो । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका ललित राजवंशी नायक सावित भए ।

सोमबार ३ विकेट लिएरका उनले मंगलबार युएईको अन्तिम विकेट हात पार्दै ४ विकेट लिए । त्यसै गरी करन केसी २, सन्दीप लामिछाने २, सोमपाल कामी र गुल्शन झाले समान एकएक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.