सहकारी ठगीको अनुसन्धान गर्न समिति गठन
सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापनका लागि उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमको अध्यक्षतामा समिति गठन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै गौतमलाई त्यसको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
यसै गरी बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसक्नुभएको छ ।
बैठके जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकपछि दुई पक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने बताउनुभयो।




प्रतिक्रिया राख्नुहोस्