जल/वातावरण

नेपालगन्जका संक्रमित क्षेत्रमा सिल- संक्रमितका सम्पर्कमा आएकाको ट्रेसिङ सुरु

बाँकेको नेपालगञ्जमा एउटै टोलका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल, डिएसपी रोडको एउटा टोल, एक्लैनि टोल र धम्बोझी तीन दिन अघिदेखि नै सिल गरेको थियो भने सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ ।

त्यसै गरी नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन । कोहलपुर नगरपालिकाले नेपालगन्जसंग जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ भैरहेको छ भने केन्द्र र प्रदेशबाट प्राबिधिक टोलि आउदैछ ।

पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ३५ जनाको सोमबार परीक्षण हुँदैछ । आइतबार ५५ जनाको परीक्षणमा १५ कोरोना संक्रमित पहिचान भएको हो । १६ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.