स्वास्थ्य

बाँकेमा १२ घण्टाको अन्तरमा थप १० जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणको महामारीले आक्रान्त बाँकेमा वितेको १२ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ जना बाँके र एकजना जाजरकोटका रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० की ७८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१० का २७ वर्षीय युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ७८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषका साथै कोहलपुर नगरपालिका–५ का ३४ वर्षीय पुरुषको छन् ।

यसैगरी, भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १ सय २७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button